Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच साझेदारी, बीमितलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच साझेदारी, बीमितलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा

अर्थ प्लस
एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच साझेदारी, बीमितलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा

काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमित तथा बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने समझदारी भएको छ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन्। यस सहकार्यपछि बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर पाउनेछन्, जसले आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन मद्दत गर्नेछ।

बैंकले ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयास स्वरूप गरिएको यो सहकार्यबाट बीमित तथा अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार