Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे ४० अर्बबढी, १५ प्रतिशतले वृद्वि

जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे ४० अर्बबढी, १५ प्रतिशतले वृद्वि

अर्थ प्लस
जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे ४० अर्बबढी, १५ प्रतिशतले वृद्वि

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा साढे ४० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। 

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा १५.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। 

दुई महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले भदौ मसान्तसम्म १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा ९.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो।  

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ८.१९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको व्यवसाय ८.३७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ८५ लाख,  हिमालयन लाइफ इन्स्योरेन्सको १३.२३ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड १९ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको २२.४१ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ६८ लाख, एसियन लाइफ इन्स्योरेन्सको २२.९१ प्रतिशतले बढेर १ अर्ब ८२ करोड ४३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १३.२१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ९६ लाख रूपैयाँ पुगेको छ । 

त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको व्यवसाय ३७.०९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ८६ लाख, सानिमा रिलायन्स लाइफको १८.०६ प्रतिशतले बढेर १ अर्ब ४२ करोड १७ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३१.८६ प्रतिशतले बढेर १ अर्ब २७ करोड ८८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २४.८८ प्रतिशतले बढेर १ अर्ब २६ करोड ६३ लाख, मेट लाइफको १३.०९ प्रतिशतले बढेर १ अर्ब १९ करोड ३१ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सको २८.१२ प्रतिशतले बढेर ७७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

सम्बन्धित समाचार