Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

अर्थ प्लस
सुनको मूल्य ९०० रुपैयाँले वृद्धि


काठमाडौं ।  मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो ।सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

सम्बन्धित समाचार