Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

अर्थ प्लस
एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि १० करोडसम्म घर कर्जा प्रदानगर्ने उद्देश्य अनुरुप ‘एनआई सी एशियासाथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यसघर कर्जा योजना अन्तर्गत ७वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम २५लाख देखि अधिकतम १० करोड सम्म प्रदान गरिने यस एनआई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्नएवं घडेरी खरिद गर्नका लागि सहजकर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्यायाउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन ।

सम्बन्धित समाचार