Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै शिखर पावर डेभलपमेन्ट 

फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै शिखर पावर डेभलपमेन्ट 

अर्थ प्लस
फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै शिखर पावर डेभलपमेन्ट 


काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो ।

निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आईपीओमा आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन २२ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।

सम्बन्धित समाचार