Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ज्योति विकास बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

ज्योति विकास बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

अर्थ प्लस
ज्योति विकास बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

काठमाडौं- ज्योति विकास बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ।

बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ। साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय निर्णय गरेको छ। बूक क्लोजको आधारमा नेप्सेमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

सम्बन्धित समाचार