Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकद्वारा Global Money Week – 2026 को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम

एभरेष्ट बैंकद्वारा Global Money Week – 2026 को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम

अर्थ प्लस
एभरेष्ट बैंकद्वारा Global Money Week – 2026 को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम

काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको थियो ।

साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी गराइएको बैंकले जनाएको छ । 

"Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो । 

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकको देशभर १ सय ३३ ओटा शाखा सञ्जाल, ४ ओटा एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १ सय ६३ ओटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

विश्वव्यापी नेटवर्कमार्फत आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिएको छ ।

बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार