Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंक र ताजा बेकरी उद्योग बीच सम्झौता

नेपाल बैंक र ताजा बेकरी उद्योग बीच सम्झौता

अर्थ प्लस
नेपाल बैंक र ताजा बेकरी उद्योग बीच सम्झौता

काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम रु. ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।    

उक्त सम्झौता पत्रमा मिति २०८२ साल चैत्र ११ गते बैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   

सम्बन्धित समाचार