Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशस्थित महानगरपालिका आधारभूत विद्यालय, बिरगंज, पर्सामा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशस्थित महानगरपालिका आधारभूत विद्यालय, बिरगंज, पर्सामा सामाजिक उत्तरदायित्व कार्यक्रम

अर्थ प्लस
नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशस्थित महानगरपालिका आधारभूत विद्यालय, बिरगंज, पर्सामा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं/ नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बिरगंजस्थित महानगरपालिका आधारभुत बिद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले महानगरपालिका आधारभुत बिद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख, श्री रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय र १२७ एटिएम सञ्चालनमा छन् ।

सम्बन्धित समाचार