Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य परीक्षणमा विशेष छुट

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य परीक्षणमा विशेष छुट

अर्थ प्लस
कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य परीक्षणमा विशेष छुट

काठमाडौँ / कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगालबीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहकार्य गरिएको जनाएको छ।

कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर फैलिएको २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बैंकले यसअघि पनि मेदांता, इन्द्रप्रस्थ एपोलोलगायत स्वदेश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विभिन्न छुटसम्बन्धी सम्झौता गरिसकेको छ। 

यस्ता सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्न मद्दत पुगेको बैंकको विश्वास छ।

बदलिँदो समयसँगै ग्राहकको आवश्यकता अनुरूप सेवा विस्तार र सुधारलाई निरन्तरता दिँदै आगामी दिनमा थप प्रभावकारी तथा सुलभ सेवा उपलब्ध गराउने प्रतिबद्धता बैंकले जनाएको छ।

सम्बन्धित समाचार