Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपाल एसबिआई बैंकलाई Asian Banking & Finance (ABF), सिंगापुरद्वारा चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबिआई बैंकलाई Asian Banking & Finance (ABF), सिंगापुरद्वारा चार अन्तर्राष्ट्रिय अवार्ड

अर्थ प्लस
नेपाल एसबिआई बैंकलाई Asian Banking & Finance (ABF), सिंगापुरद्वारा चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबिआई बैंक लिमिटेडलाई सिंगापुरस्थित Asian Banking & Finance (ABF)  ले Wholesale Banking Awards 2026 तथा  Retail Banking Awards 2026 अन्तर्गत चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ।

बैंकले Nepal Domestic Liquidity Management Bank of the Year’ ‘Nepal Domestic Trade Finance Bank of the Year’ ‘Domestic Retail Bank of the Year – Nepal’ तथा ‘SME Bank of the Year – Nepal’ अवार्ड प्राप्त गरेको जनाएको छ।

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गर्दै आएको होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त (ट्रेड फाइनान्स), उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो।

अवार्ड प्राप्तिको अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी तथा सरोकारवालाप्रति विश्वास र निरन्तर सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति पनि कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।

सम्बन्धित समाचार