Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति [पूर्णपाठ]

यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति [पूर्णपाठ]

अर्थ प्लस
यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति [पूर्णपाठ]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउने व्यवस्था अघि सारेको छ ।

मंगलबार गभर्नर विश्व पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने भएको छ ।

साथै, विदेशी मुद्रा खरिदकै समयमा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था पनि लागू गरिने उल्लेख गरिएको छ।

राष्ट्र बैंकले अर्थतन्त्रमा प्रणालीगत जोखिम देखा परेमा मौद्रिक नीति मात्र पर्याप्त नहुने निष्कर्षका आधारमा समष्टिगत विवेकशील नियमनका औजारहरूको प्रयोगलाई निरन्तरता दिने जनाएको छ ।

मौद्रिक नीतिमा वित्तीय प्रणालीको स्थायित्व कायम राख्दै तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सम्भावित वित्तीय जोखिमलाई समयमै नियन्त्रण गर्ने उद्देश्यअनुसार आवश्यक नीतिगत व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Monetary_Policy-2083_84.pdf :To download file click here

सम्बन्धित समाचार