Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

महिला उद्यमशीलता प्रवर्धन गर्न सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्धन गर्न सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

अर्थ प्लस
महिला उद्यमशीलता प्रवर्धन गर्न सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ ।

महिला स्वामित्व वा नेतृत्वमा रहेका व्यवसायहरूलाई लक्षित गरी ल्याइएको यस योजनाले महिला उद्यमशीलता प्रवर्धनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत महिला उद्यमीहरूले विभिन्न वर्गमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन् । आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । पूर्ण धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ ।

कर्जा प्रवाहलाई वैज्ञानिक र सहज बनाउन सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।

यो प्रणालीले परम्परागत बैंकिङ अभ्यास जस्तै धितोलाई मात्र मुख्य आधार नमानी व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमताजस्ता पक्षहरूको समग्र विश्लेषण गर्ने बताइएको छ ।

यस व्यवस्थाले धितोको अभावमा वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भाव्यतालाई प्राथमिकता दिने बैंकको भनाइ छ । यस कर्जा योजनाका बारेमा थप जानकारी लिन चाहने ग्राहकले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा  सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित समाचार