Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कामना सेवा विकास बैंकले सुर्खेतको विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण

कामना सेवा विकास बैंकले सुर्खेतको विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण

अर्थ प्लस
कामना सेवा विकास बैंकले सुर्खेतको विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालय लाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।

बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति भए पनि शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्दै सहयोग गरेकोमा बैंकप्रति आभार व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकले उपलब्ध गराएको पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरे।

बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा योगदान दिन पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार