Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्यायो

महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्यायो

अर्थ प्लस
महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्यायो

काठमाडौँ / महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले बिहीबार आयोजित कार्यक्रममा डिजिटल हबको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने उद्देश्यका साथ डिजिटल हबमा कफी लाउन्जको सुविधा पनि थप गरेको जनाएको छ।

बैंकका अनुसार ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा अन्य विद्युतीय बैंकिङ सेवा उपयोग गर्न सक्नेछन्। साथै, डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइनेछ।

बैंकले कफी लाउन्जसहितको यस्तो डिजिटल हब नेपाली बैंकिङ क्षेत्रमा सम्भवतः पहिलो अवधारणा भएको दाबी गरेको छ। युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल हब सिकाइ र अनुभवको केन्द्र बन्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र नयाँ प्रविधिमैत्री सेवा ग्राहकसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार