Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
प्रमुख समाचार

टेरामाेक्सकाे ठेक्का ताेड्न सांसदहरूकाे माग,`पुरूषाेत्तम खनालले प्राधिकरणबाट राजिनामा दिएर मात्रै उम्किन पाउदैनन्´

टेरामाेक्सकाे ठेक्का ताेड्न सांसदहरूकाे माग,`पुरूषाेत्तम खनालले प्राधिकरणबाट राजिनामा दिएर मात्रै उम्किन पाउदैनन्´

टेरामाेक्सकाे ठेक्का ताेड्न सांसदहरूकाे माग,`पुरूषाेत्तम खनालले प्राधिकरणबाट राजिनामा दिएर मात्रै उम्किन पाउदैनन्´
काठमाडौ, माघ ४ । साँसदहरूले टेलिकम्युनिकेशन फ्रड कन्ट्राेल सिस्टम (टेरामाेक्स)काे ठेक्का रद्द गर्न सरकार र सञ्चारमन्त्री रेखा शर्मासँग माग गरेका छन । 
 
सूचना प्रविधि समितिमा बाेल्दै सांसदहरूले टेरामाेक्सकाे औचित्य पुष्टि हुन नसकेकाे बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले टेलिकम्युनिकेशन फ्रड कन्ट्राेल सिस्टम (टेरामाेक्स)काे ठेक्का ताेड्न माग गरेकी छिन् ।
 
संसदकाे सूचना प्रविधि समितिमा बाेल्दै सांसद श्रेष्ठले औचित्य नभएकाे बिषयमा कानुन बनाएर कराेडाैं खर्च नगर्न आग्रह गरिन् । उनले प्राधिकरण अध्यक्ष पुरूषाेत्तम खनाललाई इंकित गर्दै दुरसचार प्राधिकरणबाट राजिनामा दिएर मात्रै उम्किन नसक्ने बताईन । उनले भनिन् "टेरामाेक्स जस्ताे औचित्य नभएकाे बिषयमा कानुन बनाएर कुनै अाैचित्य छैन । एमडिएमएसमा श्रमिकहरूलाई निशुल्क फाेन ल्याउन दिनुस्, राजस्व छलेर कस्ले माेबाइल ल्याउँछ पहिचान गर्नुपर्छ । अहिले एमडिएमएसमा १७ लाख अमेरिकी डलर रकम फसेकाे देखिन्छ´।"
 
एमालेकी सांसद विद्या भट्टराईले नियामक किन ठेक्का प्रक्रियामा मात्रै संलग्न भएकाे भन्दै प्रश्न गरिन् । उनले टेरामाेक्स र एमडिएमएसमा सरकार उम्किन खाेजेकाे आरोप लगाइन् ।
 
सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुरसचार प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले राजिखुसी राजिनामा दिएकाे बताइन् । उनले काम गर्न बातावरण नभएकाे भन्दै राजिनामा बुझाएकाे उनकाे भनाइ छ ।
 
एमडिएमएस खरिद प्रकरणका अध्ययन समितिका संयाेजक तथा सञ्चार मन्त्रालयका सहसचिव गाैरब गिरीले सबै उपकरण नै जडान भइनसकेकाे बताए । उनले एमडिएमएस ठेक्का पाएकाे न्यूमेरालाई दर्ता नभएकाे माेबाइल ब्लक गर्ने अनुराेध गरे पनि उपकरण जडान नभएकाे भन्दै गर्ने नसकेकाे बताए ।

सम्बन्धित समाचार