Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

अर्थ प्लस
एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।

अब दशैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ । यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो ।

राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ । दशैँ, तिहार र छठका बेला दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग पनि हालै राष्ट्र बैंकले आग्रह गरेको थियो । वालेटमा रकम जम्मा गर्ने सीमा बढेसँगै राष्ट्र बैंकको कारोबारमा डिजिटल माध्यमको प्रयोग बढाउने नीति प्रभावकारी हुने देखिएको छ ।

सम्बन्धित समाचार