Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
प्रमुख समाचार

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन, विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन, विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन, विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा

काठमाडौं, माघ ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

 

शुक्रबार सम्पन्न तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा अर्थमन्त्री डा.महतले उक्त निर्देशन दिएका हुन् । उनले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आहवान गरे । 

उक्त लगानी सम्मेलन आगामी वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा काठमाडौँमा आयोजना हुदैँछ । आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।

बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । 

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । 

साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।  

आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिंचाई, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सहरी विकास मन्त्रालयका माननीय मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठनहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार