Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

अर्थ प्लस
सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

काठमाडौँ, साउन ३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रिपथ, बुटवल स्थित मर्सी सिटि अस्पताल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित समाचार