Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने

आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने

अर्थ प्लस
आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने

काठमाडौँ, साउन ९ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले  १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यी हकप्रद शेयर खरीदका लागि भदौ १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर निष्काशन पश्चात यस कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ ।

कम्पनको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

 

सम्बन्धित समाचार