Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

हिमालय रि र शिवम् सिमेन्टको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

हिमालय रि र शिवम् सिमेन्टको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

अर्थ प्लस
हिमालय रि र शिवम् सिमेन्टको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं, साउन १७ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ ।

पछिल्लो शेयर बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामक निकायले देखाएको सक्रियताले लगानीकर्ताको मनोबल निकै दरिलो बन्दै गइरहेको छ । जसको कारण बजारले समेत निरन्तर उचाईको यात्रा तय गरी रहेको हो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको समन्वय बढेको, ब्याजदर घटने क्रममा रहेको र अर्थतन्त्रले समेत सुधारको यात्रा तय गरी रहेको बेला बजारले नयाँ बुल दिने विश्वास लगानीकर्ताले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिको सरकार बनेदेखि बजारले बुलको यात्रा तय गरिरहेको हो ।

बिहीबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५९ करोड ७५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, आज शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँ, सीएचडीसी हाइड्रोपावरको ४२ करोड ५६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

सम्बन्धित समाचार