Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

अर्थ प्लस
निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं, साउन १८ । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि असार १० गते ३५ दिने सूचना जारी गर्दै उक्त शेयर संस्थापक शेयरधनीमा बिक्री खुला गरेको थियो । तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले समेत किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।

सम्बन्धित समाचार