Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

अर्थ प्लस
कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

काठमाडौं, साउन २१ । कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि भदौ ५ गते बुधबार विशेष साधारणसभा बस्ने निर्णय भएको हो ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि सभा बस्ने निर्णय गरेको छ । सभाले कम्पनीको शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हाल कायम अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओ निष्काशन पश्चात् प्राप्त हुने रकमको उपयोग गर्ने सम्बन्धमा निष्कर्श निकाल्नेछ ।

सम्बन्धित समाचार