Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक, लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि

एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक, लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि

अर्थ प्लस
एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक, लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि

काठमाडौं, साउन २१ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्मका् वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालित वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो । बैंकले खराब कर्जालाई न्यूनीकरण गरी व्यवस्थापकीय पक्षलाई सुधार गर्दै नाफामा उल्लेख्य प्रगती गरेको छ ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षमा रहेको ४ अर्ब ८१ करोड रुपैयाँबाट बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ । साथै बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९।८६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता केही अंकले घट्न पुगेको छ ।

कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०।७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०।७१ प्रतिशतमा सीमित बनेको छ ।

अघिल्लो वर्ष १३।३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी९आरओई० बढेर १३।३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६।०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ३१।४३ रुपैयाँबाट बढेर ३१।४५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ नै ग्रोथ गरेको देखिन्छ।

सम्बन्धित समाचार