Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट

शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट

अर्थ प्लस
शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौं, साउन २१ । सोमबार नेपाली शेयर बजार २७९६ को विन्दुमा कायम रहँदा १६३ सूचीकृत कम्पनीहरूको शेयरमूल्यमा वृद्धि भएको छ । जसमध्ये ११ वटा कम्पनीहरूको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो ।

यस दिन नेप्से ४०.७६ अंकले बढोत्तरि हुँदा सात वटा उपसूचकमा हरियाली छाएको छ । सोमबार रुरु जलविद्युत, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा, र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सिटी होटलको ९.९९ प्रतिशत माउन्टेन हाइड्रो नेपालको ९.९७ प्रतिशतले शेयरमूल्य बढेको हो । त्यसैगरी ९ प्रतिशतभन्दा धेरैले बढ्नेमा हाथवेको ९.९४ प्रतिशत, रावा इनर्जीको ९.८७ प्रतिशत र हिमालयर रिको ९.७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

सम्बन्धित समाचार