Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा

भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा

अर्थ प्लस
भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा

काठमाडौं, साउन २२ । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि भर्च्युअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित समाचार