Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

जानकी फाइनान्स रू. १३ करोड ७१ लाख घाटामा

जानकी फाइनान्स रू. १३ करोड ७१ लाख घाटामा

अर्थ प्लस
जानकी फाइनान्स रू. १३ करोड ७१ लाख घाटामा

काठमाडौं, साउन २३ । जानकी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. १३ करोड ७१ लाख घाटामा रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनी रू. ४१ लाख ४८ हजार नाफामा थियो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले कम्पनी नोक्सानीमा गएको हो । अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १२ करोड ४० लाख रहेकोमा गत आवमा बढेर रू. २१ करोड १८ लाख भन्दा बढी पुगेको छ । 

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष २९ दशमलव ६८ प्रतिशत घटेको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी रू. १६ करोड ८ लाख रहेकोमा गत आवमा घटेर रू. ११ करोड ३० लाखमा झरेको छ । 

कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ६० पैसा धनात्मक थियो । 

गत वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५७ रुपैयाँ ८६ पैसा रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ६९ करोड ४ लाख छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४३ करोड ९ लाख सञ्चिति गरेको छ भने रिटेन्ड अर्निङ रू. ७२ करोड १८ लाख ऋणात्मक छ । 

सम्बन्धित समाचार