Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार

नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार

अर्थ प्लस
नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार

काठमाडौं, साउन २४ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो ।

यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८.०४ प्रतिशतले घटेको छ ।

यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।

सम्बन्धित समाचार