Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शिवम सिमेन्टको बार्षिक वित्तीय विवरण : नाफासँगै आम्दानी पनि घट्यो, अन्य सूचकमा कति छ प्रगति ?

शिवम सिमेन्टको बार्षिक वित्तीय विवरण : नाफासँगै आम्दानी पनि घट्यो, अन्य सूचकमा कति छ प्रगति ?

अर्थ प्लस
शिवम सिमेन्टको बार्षिक वित्तीय विवरण : नाफासँगै आम्दानी पनि घट्यो, अन्य सूचकमा कति छ प्रगति ?

काठमाडौँ, साउन २७ । आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा शिवम सिमेन्ट २५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म अर्थात असार मसान्तसम्मको वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ५७.९३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधीमा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चौथो त्रैमाससम्ममा कम्पनी उत्पादन बिक्रीबाट ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानी पनि ०.५८ प्रतिशतले घटेको छ।

कम्पनीको उत्पादन बिक्री र अन्य आम्दानी घटेको छ तर बिक्री लागत भने बढेको देखिएको छ । जसको कारण नाफामा उच्च गिरावट आएको हो ।  

कम्पनीको उत्पादन बिक्री लागत भने बढेर ६ अर्ब ६७ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष उत्पादन बिक्री लागत ६ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ थियो। यस्तै, अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रहेकोमा गत आवमा १९ करोड ८५ लाखमा झरेको छ ।

कम्पनीको प्रशासनिक खर्च, बिक्री वितरण खर्च पनि बढेको छ । बैंकको ब्याज घट्दा वित्तीय खर्च घटेको छ । वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाखमा झरेको छ ।

यता, चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ९४ करोड ३ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.९८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार