Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तेह्रथुम पावरको लकइन आजबाट सकियो

तेह्रथुम पावरको लकइन आजबाट सकियो

अर्थ प्लस
तेह्रथुम पावरको लकइन आजबाट सकियो

काठमाडौँ, साउन २७ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि आजबाट सकिएको छ। कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिएको हो।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको हो। कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले विस २०७८ साउन ५ गतेदेखि साउन १९ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ २५ गते बाँडफाँड गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।

लक इन अवधि खुलेसँगै यी सेयरहरु दोस्रो बजारमा खरिदरबिक्री गर्न मिल्नेछ । यद्यपी कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदरबिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार