Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

खानीखोला हाईड्रोपावर घाटामा, यस्तो छ अनअडिटेड वित्तीय विवरण

खानीखोला हाईड्रोपावर घाटामा, यस्तो छ अनअडिटेड वित्तीय विवरण

अर्थ प्लस
खानीखोला हाईड्रोपावर घाटामा, यस्तो छ अनअडिटेड वित्तीय विवरण

काठमाडौँ, साउन २७ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनीक विवरण अनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४७ प्रतिशतले वृद्धि हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ घाटामा थियो।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट १३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको १४ करोड ८ लाख रुपैयाँको तुलनामा ६.४७ प्रतिशतले कम हो। प्रशासनिक खर्च २ करोड ४० लाखबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ, र बैंकको ब्याज खर्च ९ करोड २१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। दीर्घकालिन कर्जा ७६ करोड ९९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.६६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७९.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.२३ गुणा ऋणात्मक, र तरलता अनुपात २.०९ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार