Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शिवम् सिमेन्टको नाफा २५ करोड, यस्ता छन् अन्य वित्तीय सूचकहरु

शिवम् सिमेन्टको नाफा २५ करोड, यस्ता छन् अन्य वित्तीय सूचकहरु

अर्थ प्लस
शिवम् सिमेन्टको नाफा २५ करोड, यस्ता छन् अन्य वित्तीय सूचकहरु

काठमाडौँ, साउन २७ । शिवम् सिमेन्ट लिमिटेडको आम्दानीमा कमी आएको कारण कम्पनीको मुनाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५७.९३ प्रतिशतले कम हो।

सिमेन्ट बिक्रीबाट कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो। यसका साथै, कम्पनीको अन्य आम्दानी पनि घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ३६ करोड ३७ लाख रुपैयाँको तुलनामा ४५.४१ प्रतिशतले घटेको हो।

तर, कम्पनीले कुल खर्चमा कमी ल्याउन सफल भएको छ। अघिल्लो वर्षको ९९ करोड ८१ लाख रुपैयाँको खर्च घटेर ९५ करोड ६३ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ, र यसले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ। अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम रहेको छ।

सम्बन्धित समाचार