Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल रिले कमायो ५१ करोड ५८ लाख रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक

नेपाल रिले कमायो ५१ करोड ५८ लाख रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक

अर्थ प्लस
नेपाल रिले कमायो ५१ करोड ५८ लाख रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौँ, साउन २८ । नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) ले सोमबार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको सोहिी तुलनामा सामान्य घटेको छ।

समीक्षा अवधिसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कमी हो। अघिल्लो आवमा भने कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा गत असारसम्ममा कम्पनीले को खुद बीमाशुल्क अन्तर्गत ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले गत वर्ष खुद दाबी भुक्तानी ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४.३  रुपैयाँमा झरेको छ। 

कम्पनीले  विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ सञ्चित गरेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । यसैगरी,   कम्पनीको रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ छ।

कम्पनीको गत आवसम्ममा मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४७.४५  रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ ।

सम्बन्धित समाचार