Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालय उर्जा विकासको विद्युत आम्दानीमा वृद्धि, यस्ता छन् अन्य सूचक

हिमालय उर्जा विकासको विद्युत आम्दानीमा वृद्धि, यस्ता छन् अन्य सूचक

अर्थ प्लस
हिमालय उर्जा विकासको विद्युत आम्दानीमा वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ, साउन २८ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बढ्यो विद्युत उत्पादन 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले विद्युत बिक्री आम्दानी ३.०७ प्रतिशतले बढाएको छ। वर्षको अन्तिम मसान्त सम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २७ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी  यस्तो आम्दानी २६ करोड ७५ लाख रुपैयाँ गरेको थियो।

खुद नाफा 

विद्युत बिक्री आम्दानी बढे पनि कम्पनी नाफामा भने छैन। कम्पनीको नोक्सानी भने घटेको छ। गत वर्षको असारमा  १५ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानीअहिले भने घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ।

कुल आम्दानी र सञ्चालन मुनाफा
असार सम्म कम्पनीको कुल आम्दानी ३३ करोड २९ लाख रुपैयाँ पुगेको छ।  तेस्तै सञ्चालन मुनाफा २७ करोड ६७ लाख रुपैयाँ रहेको छ। 

चुक्ता पूँजी
९९ करोड रुपैयाँ

जगेडा कोष
३३ करोड ७ लाख रुपैयाँ ऋणात्मक

प्रति सेयर आम्दानी
१५ रुपैयाँ ३९ पैसा ऋणात्मक

प्रति सेयर नेटवर्थ
६६ रुपैयाँ ६० पैसा

सम्बन्धित समाचार