Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

२८ सयको प्रतिरोधलाई छेड्दै नेप्से बढ्यो अघि,कारोबारमा अर्को रेकर्ड ‘ब्रेक’

२८ सयको प्रतिरोधलाई छेड्दै नेप्से बढ्यो अघि,कारोबारमा अर्को रेकर्ड ‘ब्रेक’

अर्थ प्लस
२८ सयको प्रतिरोधलाई छेड्दै नेप्से बढ्यो अघि,कारोबारमा अर्को रेकर्ड ‘ब्रेक’

काठमाडौँ, साउन २८ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ ।  २ हजार ८०० को मनोवैज्ञानिक विन्दुलाई छेडेर नेप्से सूचकले २ हजार ९ सयको प्रतिरोध परीक्षण गरिरहेको छ ।

यो दिन बजार बढेसँगै कारोबार रकममा अघिल्लो कारोबार दिन आइतबारको २५ अर्ब ३३ करोड रुपैयाँको रेकर्डलाई ‘ब्रेक’ गर्दै २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको  छ। यो नेपालको धितोपत्र बजारकै पहिलो नयाँ रेकर्ड हो । योसहित साउन महिनामा मात्र कारोबार रकमले ४ पटक रेकर्ड ब्रेक गरेको छ ।

यसअघिको पहिलो रेकर्ड २१ अर्ब ६४ करोडलाई २३ अर्ब करोड ९१ करोडले ब्रेक गरेको थियो भने २३ अर्ब ९१ करोडलाई २५अर्ब ३३ करोडले ब्रेक गरेको थियो । यो रेकर्डलाई पनि ब्रेक गर्दै नयाँ रेकर्ड बनेको हो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.५६ अंकले बढेर ५१२.७४ अंकमा पुगेको छ ।



यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ ।उक्त कम्पनीको यो दिन १ अर्ब २२ करोडको रुपैयाँ कारोबार भएको छ । त्यस्तै दोस्रो ठूलो कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको ९२ करोड २८  लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्स, नेपाल इन्फाष्ट्रचर बैंक(निफ्रा) र हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड रुपैयाँदेखि ८४ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।
 
त्यसैगरी, यो दिन १२ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा  सूर्यज्योति लाइफ,हिमालयन लाइफ इन्स्योरेन्स,जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रो पावर,स्वेतगंगा हाइड्रोपावर छन् ।

त्यस्तै, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी,सगरमाथा जलविद्युत कम्पनी,हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रो पावर अरुण काबेली पावर, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेप्सेमा सूचीकृत १३ वटा समूहको सूचकमध्ये २ वटा समूहको सूचक घटेका छन् भने ११ वटा समूहको सूचक बढेको छ । जीवन बीमा समूहको सूचक ५.८५ प्रतिशतले सर्वाधिक बढेको छ ।
यो दिन कम्पनीहरुको वित्तीय विवरण सकारात्मक आएसँगै लगानीकर्ताहरु बीमा समूहतर्फ आकर्षण भएका हुन् । त्यस्तै, फाइनान्स ४.८१ प्रतिशत,जलविद्युत उपसमूह ३.४३ प्रतिशत, वाणिज्य बैंक उपसमूह २.९५ प्रतिशत बढ्दा माइक्रोफाइनान्स, निर्जीवबन बीमा समूहको सूचक २ प्रतिशतभन्दा माथिले बढेको छ ।

सम्बन्धित समाचार