Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

विद्युत विक्रि आम्दानी ८.७५ अर्बले बढ्दा, अप्पर तामाकोशीको नोक्सानी घट्यॊ

विद्युत विक्रि आम्दानी ८.७५ अर्बले बढ्दा, अप्पर तामाकोशीको नोक्सानी घट्यॊ

अर्थ प्लस
विद्युत विक्रि आम्दानी ८.७५ अर्बले बढ्दा, अप्पर तामाकोशीको नोक्सानी घट्यॊ

काठमाडौँ, साउन २९ । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नोक्सानी घटेको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ८ अर्ब १० करोड रुपैयाँ थियो।

विद्युत विक्रि आम्दानी बढेसंगै कम्पनीको नोसानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ।

चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। 

सम्बन्धित समाचार