Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अरुण भ्याली हाइड्रोपावरको नाफासंगै घट्यो विद्युत विक्रि आम्दानी

अरुण भ्याली हाइड्रोपावरको नाफासंगै घट्यो विद्युत विक्रि आम्दानी

अर्थ प्लस
अरुण भ्याली हाइड्रोपावरको नाफासंगै घट्यो  विद्युत विक्रि आम्दानी

काठमाडौँ, साउन २९ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ११ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी २६ करोड २७ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनीले ५८ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ८८.८३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ। 

सम्बन्धित समाचार