Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

अर्थ प्लस
कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाडौँ, साउन २९ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १५ लाख ३३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

कम्पनीले यो अवधिसम्म ७१ लाख ५४ हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ५९ लाख ८ हजार वित्त खर्च(ब्याज भुक्तानी) गरेको छ । 

कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बैंकबाट ४ करोड ५८ लाख रुपैयाँ कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति ८७ लाख ७६ हजार र कुल चालु दायित्व १३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २००.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.७० गुणा कायम भएको छ । 

सम्बन्धित समाचार