Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको नाफामा ३० प्रतिशतको गिरावट, ईपिएस कति ?

सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको नाफामा ३० प्रतिशतको गिरावट, ईपिएस कति ?

अर्थ प्लस
सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको नाफामा ३० प्रतिशतको गिरावट, ईपिएस कति ?

काठमाडौँ, साउन ३० । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

असार मसान्तसम्ममा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ। तर, कम्पनीको प्रशासनिक खर्च १२४.२४ प्रतिशत र कुल खर्च ११९.२० प्रतिशतले बढेको छ।

९३ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड २७ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात १३१.६६ गुणा रहेको छ।

सम्बन्धित समाचार