Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, यस्ता छन् अन्य सूचक

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, यस्ता छन् अन्य सूचक

अर्थ प्लस
घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, यस्ता छन् अन्य सूचक

काठमाडौँ, साउन ३१ । घलेम्दी हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी भने ४.१७ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड १५ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य आम्दानी २ लाख ५२ हजार र ब्याज आम्दानी २ करोड २२ लाख गरी कुल १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले कम हो ।  

कम्पनीले १९ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३६ लाख दीर्घकालिन कर्जा ७१ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ र सांग्रिला उर्जा लिमिटेडमा ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.५८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.४२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५७.८० गुणा ऋणात्मक र तरलता अनुपात १०.०४ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार