Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, यस्ता छन् अन्य सूचक

मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, यस्ता छन् अन्य सूचक

अर्थ प्लस
मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौँ, साउन ३२ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३६ लाख ६० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.०८ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड १४ लाख घाटा व्यहोरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत १६ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।    

यस्तै कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्टबाट ५० करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च ५९ लाख १४ हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च १ करोड १० लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ५ करोड ३८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ३१ लाख र कुल चालु दायित्व ५ करोड ८३ लाख रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४८१७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९२.९१ रुपैयाँ र रिर्टन अन इक्विटी ०.५१ प्रतिशत ऋणात्मक कायम भएको छ । 

सम्बन्धित समाचार