Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेशनल हाइड्रोपावर कम्पनी घाटामा, कस्ता छन् अन्य सूचक ?

नेशनल हाइड्रोपावर कम्पनी घाटामा, कस्ता छन् अन्य सूचक ?

अर्थ प्लस
नेशनल हाइड्रोपावर कम्पनी घाटामा, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, २ भदौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ४ करोड ६८ हजार रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनी २ करोड ४९ लाख रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९६ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ४२ पैसा रहेको छ।

सम्बन्धित समाचार