Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

साल्ट ट्रेडिङको बिक्री आम्दानी बढ्दा, नाफा १९.७८% ले घट्यो

साल्ट ट्रेडिङको बिक्री आम्दानी बढ्दा, नाफा १९.७८% ले घट्यो

अर्थ प्लस
साल्ट ट्रेडिङको बिक्री आम्दानी बढ्दा, नाफा १९.७८% ले घट्यो

काठमाडौं, भदौ ३ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको अन्त्यसम्म ६ करोड ३२ लाख १८ हजार रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ ।  

यो रकम गत आवको तुलनामा १९.७८ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ८ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी पनि ५२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट १३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ३ करोड ४९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

कम्पनीले कर्मचारी खर्च २९ करोड ७० लाख, ब्याज खर्च ५८ करोड, ह्रासकट्टी खर्च १ करोड ४३ लाख र १३ करोड ८३ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ५ अर्ब ७७ करोड र कुल चालु दायित्व ६ अर्ब १ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१९.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४४२.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४८.४४ गुणा कायम भएको छ ।  

सम्बन्धित समाचार