काठमाडौं , भदौ ७ । प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले करिब २ लाख कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक योग्य सबै व्यक्ति तथा संस्थाहरुले आवेदन दिन आग्रह गरिएको छ।
संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।
यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
