Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै

अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै

अर्थ प्लस
अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै

काठमाडौं, भदौ ११ । अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा पुगेको छ । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ सोमबार ०.२ प्रतिशत अर्थात ६५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  

यससँगै डाउ इनडेक्स ४१ हजार २४१ विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो । उता एस एण्ड पी५०० सूचक भने ०.३ प्रतिशत र नास्डक कम्पोजिट पनि ०.९ प्रतिशतले घटेका छन् ।  

यो महिना विश्व सेयर बजार निकै उचारचढावपूर्ण रह्यो । अगस्टको सुरुवाततिर जापानको सेयर बजार निक्की२२५ मा भारी गिरावट आएको थियो भने अमेरिकी सेयर बजार पनि मन्दीको भयका कारण घटेको थियो । ठूला र दिग्गज टेक कम्पनीहरुको मिश्रित आम्दानी प्रतिवेदनका कारण समेत अमेरिका लगायतका सेयर बजारमा झरेका थिए ।  

तर एक सातापश्चात अवस्था फेरिएको छ । अमेरिकाका तीनवटै प्रमुख स्टक मार्केटले घाटालाई परिपूर्ति गरेका छन् । केही भने मासिक वृद्धिको बाटोमा समेत अग्रसर भईरहेका छन् । मुद्रास्फिती विस्तारै कम हुने अवस्थामा रहेको र फेडरल रिजर्भले आगामी महिनाका लाष् िब्याजदर कटौती गर्ने सम्भावनाकाबीच लगानीकर्तामा आशा पलाएको छ ।    

सम्बन्धित समाचार