Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं, भदौ १३ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत असार २४ गते ३५ दिने सूचनामार्फत बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाण्डौमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

सम्बन्धित समाचार