Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीहरुको सेयर मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीहरुको सेयर मूल्य घट्यो

अर्थ प्लस
सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीहरुको सेयर मूल्य घट्यो

काठमाडौं, भदौ १३ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ५.८४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सम्बन्धित समाचार