Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा

अर्थ प्लस
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा

काठमाडौं, भदौ १४ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’का इकाईधनीहरुलाई  प्रतिफल वितरण गरिएको छ ।  

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषणा गरिएको १० प्रतिशत(करसहित) नगद लाभांश वितरण गरिएको हो । 

कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटलले उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधि गराएका इकाईधनीहरुको बैंक खातामा भदौ ९ गतेदेखि जम्मा गरेको जनाएको छ ।  

यस्तै योजनाको लाभांश पुनः लगानी योजनामा सहभागी हुन यसअघि नै आवेदन दिएका इकाईनीहरुलाई सो योजना अन्तर्गत प्राप्त थप इकाईहरु सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिने क्यापिटलले उल्लेख गरेको छ । 

सम्बन्धित समाचार