Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए

अर्थ प्लस
टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए

काठमाडौं, भदौ १४ । पछिल्लो समय सेयर बजारले गति लिन थालेपछि दोस्रो बजारमा धितोपत्र कारोबार गर्नका लागि टीएमएस प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा मात्रै टीएमएस प्रयोगकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको छ ।    

यससँगै साउन मसान्तसम्म टीएमएस प्रयोकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । असार मसान्तसम्म भने यो संख्या २१ लाख ९५ हजार ९९९ रहेको थियो । यसरी एक महिनाको अन्तरालमा टीएमए लिनको संख्या १ लाख ३५ हजारले थपिएको हो । 

कु्ल टीएमएस प्रयोगकर्तामध्ये ५ देखि ७ लाखसम्म मात्रै सक्रिय रहेका छन् । टीएमएस नलिई ब्रोकर कम्पनीमार्फत कारोबार गर्नेको संख्या १५ लाख १९ हजार रहेको छ ।

ब्रोकरमार्फत टीएमएस सुविधा लिएर लगानीकर्ता आफैँले कम्प्युटर वा मोबाइलबाट सेयर खरिदबिक्री गर्न गर्न सक्छन्।

सम्बन्धित समाचार