Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, भदौ १४ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।  

तोकिएको समयसम्म कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

सम्बन्धित समाचार